निर्घिनी बन्द!
- आइतबार २४ कार्तिक, २०७०
- प्रतीक प्रधान
- DISQUS_COMMENTS
44 11 Google +0 0 0
ए! एए! समात् समात् समात् , त्यसलाई! ठोक् ठोक्! नछोड्, नछोड्!
मुस्किलले आठ दस जना छन् राता झन्डा बोकेर बसेका। बाँसका लामा लामा लौरा बोकेका छन् र सडकमा भयावह वातावरण उत्पन्न गर्दैछन्। वानेश्वरको अन्तर्राष्ट्रिय सभागृहबाहिरको चोकको दृश्य हो यो, अघिल्लो बन्दको। करिब ३०–४० जना प्रहरी बन्दकर्ताका भन्दा ठूला लौरा लिएर बसेका छन्, ढुङ्गा छेक्ने ढाल र जिउ जोगाउने बाक्लो स्पन्ज ज्याकेट लगाएका छन् तिनले। तिनको आडैमा करिब दुई तीन दर्जन सशस्त्र प्रहरी पनि त्यस्तै पोसाकमा अझ बन्दुकसमेत लिएर तैनाथ छन्।
बन्दको अवज्ञा गर्ने भनिएको मोटर साइकल चालक कताजाउँ वा के गरुँ भन्ने अत्यासमा पर्दापर्दै बन्दकर्ताको चंगुलमा फस्छ। उनीहरू त्यो चालकको हुर्मत लिन थाल्छन्। कोही जलाई दे न जलाई दे भन्न थाल्छन्, कोही लछार पछार पार्न थाल्छन् सो चालकलाई। मानौं, त्यो व्यक्ति केही सामान चोर्दाचोर्र्दै पक्राउ परेको हो वा उसले ती बन्दकर्ताको धन खाएर भागेको छ। ऊ दुई हात जोडेर माफी माग्छ र आफूले बन्द थाहा नपाएर मोटर साइकल चलाएको निवेदन गर्छ। अरू कुनै बेला भए देख्दै बदमास, गुन्डा र जँड्याहाजस्ता लाग्ने ती राजनीतिक कार्यकर्ता भनिने निर्दयीहरुको त्यस जत्थाका सदस्य त्यस मोटरसाइकल चालकको अगाडि पर्न पनि सक्दैन थिए होलान्, तर अहिले उनीहरू सडकका एक छत्र मालिक बनेका छन्, सर्व शक्तिमान। मोटर साइकल चालक याचनाको दृष्टिसहित लिएर प्रहरीतिर हेर्छ। निमेष अघिसम्म यस घटनालाई सिनेमाजस्तो ध्यानपूर्वक हेरिरहेका सबै प्रहरी अचानक मुन्टो अन्तै घुमाउँदछन्, मानौं पिटी खेल्दा प्रशिक्षकले अचानक 'दायँा फर्क' भनिदिएको छ । चालक अन्योलमा छ, सहाराविहीन छ। प्रहरीलाई वाकीटकीमा लगातार आदेश आइरहेको छ – स्थिति एकदमै बिग्य्रो भने मान्छेलाई धेरै कुट्न थाले भने वा मोटर साइकल जलाउन लागे भने अघि बढ्नु नभए भिड्न जानुपर्दैन।
प्रहरी र प्रशासनको सफलता कुन ठाउँमा कति कम घाइते भए वा कति कम भिडन्त भयो भनेर मापन गरुन्जेलसम्म नेपालमा जस्ता बन्द पनि सफल हुनेछन्। कुन ठाउँमा खटिएको कुन समूहले आफ्नो स्थानमा बन्द हुन दिएन, सवारी साधनमा आक्रमण गर्न दिएन, जबर्जस्ती बन्द गर्न खोज्नेलाई पक्राउ गर्यो भन्ने आधारमा प्रहरीको सफलताको मूल्यांकन गर्ने भइदिएको भए कसैले पनि सजिलै बन्द गर्न सक्दैन थिए। तर, कसले बन्द असफल बनाउन लाठीचार्ज गर्यो वा कसले कति जना प्रहरी वा बन्दकर्ता घाइते बनाएर पनि बाटो खुलायो त्यो गणना हुँदैन। अझ गणना हुँदा पनि त्यसको नकारात्मक गणना हुने गर्छ। किनभने ठूला प्रहरी अधिकारीहरू कहिल्यै विधिको शासनप्रति अनुरक्त भएनन्। उनीहरू त ठूला दलका ठूला नेतालाई रिझाउने उपक्रममै सधैँ व्यस्त जो रहन्छन्।
कुनैपनि बन्दकर्ताले १०–२० जनाको सहयोग लिएर राजधानीका दुई, तीन ठाउँमा मोटरको ऐना फुटाए भने त्यस्तो फुटेजको तिर्सनामा छटपटाइरहेका टेलिभिजनले ती दृश्यलाई दसौं पटक दोहोर्याई दोहोर्याई देखाएर पूरै जनजीवन संत्रस्त बनाइदिन्छन्। अझ पुतलीसडकको चोकमा पाँचजना व्यक्ति मोटर रोक्ने अभीष्ट लिएर आए भने प्रहरीले तिनलाई प्रशस्त सहयोग गर्छ। पद्मोदय स्कुलदेखि उता कसैलाई जान दिंँदैन, कमलादीबाट सवारी साधन 'डाईभर्ट' गरिदिन्छ, डिल्लीबजारको ओरालोतिर आउनै दिँदैन अनि बागबजारमा बाटो बन्द गरिदिन्छ। जब प्रहरीले नै यसरी बन्दकर्तालाई सहयोग गर्छन् र संचारकर्मीले बन्दकर्ताको सित्तैमा प्रचार प्रसार गरिदिन्छन् भने किन उद्यत नहुन् त जनताको नाममा जनतालाई दुःख दिने तत्वहरू?
निर्वाचनको मौसमसँगै फेरि बजार र व्यवसाय अनि दिनचर्या बन्द हुने खबर आउन थालेका छन्। सर्वसाधारण जनता फेरी लामो समयसम्म बन्द हुने खबरले त्रस्त बन्न थालिसकेका छन् भने बन्दको बेलाका लागि खानेकुरा जोहो गरेर राख्ने प्रतिस्पर्धाले बजार भाउ फेरि बिग्रने अवस्थामा देखिन्छ। सरकार बलियो भएन भने बन्द एकपल्ट फेरि सम्पूर्ण नेपालीको जीवनयापनमा धक्का दिन दैत्याकार मुख बाउँदै अघि बढिसकेको छ।
बन्द भनेको जनताको अधिकारको खुलेआम डकैती हो। सवारी साधन चलाउन नपाउने, व्यापारव्यवसाय खोल्न नपाउने, स्कुल, कलेज र कल कारखाना संचालन गर्न नपाउने भनी बन्देज गर्ने अधिकार कुनै पनि लोकतान्त्रिक पद्धतिले कसैलाई पनि दिएको छैन, दिनु हुँदैन। कसैले जबर्जस्ती बन्द गर्ने अनि सरकारले बन्द खुलाउन बल प्रयोग गर्दा जीउधनको क्षती भएको खण्डमा बन्दकर्तालाई दोषी देखाउनुको साँटो सरकार र प्रहरीलाई बदनाम गर्ने कोसिस गरिन्छ। हाम्रो समाजमा प्रचलित यस्तै विकृतिका कारण गलत तत्व सधै सफल हुन्छ। अनि हामी आफँै धारे हात लगाएर सरकार र राजनीतिक दलहरूलाई गाली गर्न थाल्छौँ, तिनले केही गर्न सकेनन् भनेर।
सबैभन्दा पहिले सही कामका लागि सरकारलाई जनताको समर्थन हुनुपर्यो। सरकारले गलत कार्य निरुत्साहित गर्नुपर्छ र त्यस क्रममा जरुरत पर्यो भने बल प्रयोग पनि गर्नुपर्ने हुन सक्छ भन्ने बु‰नु र मान्नु पर्यो। संसारको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक राष्ट्र मानिएको संयुक्त राज्य अमेरिकामा कुनै पुलिसले मोटरलाई रोक्यो भने त्यस मोटरको स्टियरिङ ह्विलबाट तबसम्म हात झिक्न वा ऐना खोल्नु हुँदैन जबसम्म प्रहरीले सो गर्ने आदेश दिदैन। प्रहरीले भनेअनुसार गरिएन भने उसले गोली चलाउन सक्छ। यस्तो बन्दोबस्तले त्यहाँको शासन अलोकतान्त्रिक भएको छैन बरु अझ लोकतान्त्रिक बन्न पुगेको छ।
विसं २०६२/६३को जनआन्दोलनमा आफूले पाएको आदेशअनुरूप दृढतापूर्वक आन्दोलनकारीलाई दबाउने प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा गरेकोमा कर्मठ र कर्तव्यपरायण मानिनु पर्नेमा आन्दोलनपश्चात् तिनलाई जागीर जोगाउनै धौ धौ पर्यो। आन्दोलन दबाउने आदेश दिने राजा ज्ञानेन्द्र र त्यसबेलाका मन्त्रीहरूभने खुल्लमखुल्ला घुम्ने अनि प्रहरी अधिकृतहरूलाई निसाना बनाउने जुन गलत निर्णय तत्कालीन सरकारले गर्यो त्यसैको उपज हो अहिलेका प्रहरीहरूको पेसागत कर्तव्यप्रतिको उदासीनता।
बन्दकर्ताले बु‰नुपर्ने कुरा के हो भने बन्द आह्वान गरेर उसले कुनैपनि प्रकारको राजनीतिक सफलता हासिल गर्दैन। बरु ऊ खलनायक बन्छ जनताको नजरमा र जनविश्वास गुमाउँछ। यस्तो देशघाती र जनद्रोही कार्यको जनताले सडकमा आएर भत्सर्ना गर्नुपर्ने अवस्था आयो भने त्यति बेला कसैको अस्तित्व बाँकी रहँदैन। मुसाको दुलोमा गएर राजनीति गर्नुपर्ने अवस्था आउनेछ। चेतना होस्।
जनताको अधिकारको रक्षाकै लागि आफू लड्दैछु भन्ने लागेको छ भने त्यस्ता दलले आफ्नो आन्दोलन शान्तिपूर्वक ढङ्गमा गर्न पनि त सक्छन्। बन्दकै आह्वानसम्म पनि शान्तिपूर्वक गर्न सक्छन् , तर बन्द नमान्नेहरूको वाहन फुटाउने वा कसैलाई शारीरिक क्ष्ति पुर्याउने हो भने चाहिँ त्यसका विरुद्धमा प्रहरी र प्रशासनले शक्ति प्रयोग गर्नुपर्छ। हिंसारहित र शान्तिपुर्ण आन्दोलन नै सबैभन्दा सशक्त जनआन्दोलन हो।
अहिंसात्मक आन्दोलनका लागि अन्तर्राष्ट्रिय संस्थाका अनुसार गत शताब्दीको प्रत्येक दशकमा र ६ वटै महादेशमा अहिंसात्मक आन्दोलनले नै तानाशाही, सैनिक, अत्याचारी, दमनकारी, निरंकुश शासनलाई पछारेको छ। सन् १९७२ देखि २००५ सम्म भएका सफल जनआन्दोलनमा ६७ मध्ये ५० वटा अहिंसात्मक विद्रोह थिए जसले जनतालाई तिनको सार्वभौम शक्ति हासिल गराए।
बन्दले गर्दा गर्भिणी महिलाको बाटैमा मृत्यु, रिक्सामा बालकको जन्म, अस्पताल पुग्न नपाएर बाटैमा अन्तिम संस्कार, एअरपोर्ट जान तीन घन्टा पैदलजस्ता समाचारले बन्दकर्तालाई दानवको अवतार धारण गराउँछ। यस्तो घटना गराएर राजनीतिक लाभ लिन खोज्ने समूहमा मानवीयता, करुणा, दया, माया जस्ता मान्छेमा प्राकृतिकरूपमा हुने भाव रुखिएर जान्छ। मान्छे भएर मानवियता रहँदैन भने जनताको लागि त्याग र तपस्या गर्दैछु भनेर बन्द गराउनु खोज्नुजस्तो निर्घिनी व्यवहार अर्को हुँदैन।