Thursday, May 7, 2015



Support Distributed
Date Place Goods Cost
30th April Sunthan, Panauti Rice, Lentil, Oil, Salt, Beaten Rice, Dalmoth went with Damakant 140000
30th April Rayala VDC, Kavre Rice, Lentil, Oil, Salt, Beaten Rice, Dalmoth went with Damakant 40000
30th April Rayala VDC, Kavre Rice, Lentil, Oil, Salt, Beaten Rice, Dalmoth went with Damakant 100000
30th April Sana Gaun, Lalitpur Sana Gaun, Lalitpur distribution of rice and lentil through Mukul Sharma and Prashant Lamichhane 78200
1st May Nuwakot Cash support for 50 Tarpouline  15000
2nd May Thaiba, Lalitpur Thaiba, Lalitpur distribution of rice and lentil through Mukul Sharma and Ashok Paudel, Nagariknews.com 86500
3rd May Phulping Danda VDC, ward 5 & 8, Sindhupalchowk Went with Sushil Joshi and Ajay Phuyal to the affected place. Distributed 84 sacks of rice, 10 sacks of hariyo kerau, 500 pkts. Of oil, 500 kgs. Of salt 150000
4th May Sanghutar, Okhaldhunga Went with Ajay Phuyal and Bikash Karki, Helped with 100 relief packets, 11 sacks of rice, 11 litres of oil, 11 packets of salt as per household. Also 11 blankets and cash support of Rs. 10000.00 (as Sushma Regmi wanted) 35000
5th May Lalitpur 375 Relief packages distributed to Lubhu, Sana Gaun through Mukul Sharma 
5th May Cycle Boys of Nagarik 50 relief packages
5th May Lalitpur 145 packages to Shyam Pati through Ashok Poudel of Nagariknews.com
List of support and distribution
Support received
Date Donor Amount   Pledge
30th April Damakant Jayshi 180000 20000
30th April Shovan Dev Pant 100000
30th April Miku Verma 16000
1st May PRAN Nepal 15000
1st May Ramesh Kumar Bhattarai 20000 (80 K he pledged was used by himself on another relief aid)
1st May Sarojkazi Tuladhar 50000
1st May Gaurab Upadhyay 15000
2nd May Shailendra and Shova Khanal 10000
3rd May Santosh Jha, Sabeen Bania Jha 50395
3rd May Software Engineer Saroj Pandey 10000
4th May Basu Shrestha, USA 10034
5th May Shiva Prakash 100000
5th May Dinesh Karki 6000
6th May Tej Raj Bhatt 25042
6th May Saroj Pandey 5000
6th May Sushma Regmi 15000
6th May Pratikshya Joshi 5000
6th May Journalist friend 5000
6th May Saroj Raj Tuladhar 50,000
6th May Anjan KC 100000
7th May Hari Ghimire 5000

Total 761471 51000

Sunday, May 3, 2015

Support Distributed until May 3rd
Date Place Goods Cost
30th April Sunthan, Panauti Rice, Lentil, Oil, Salt, Beaten Rice, Dalmoth went with Damakant 140000
30th April Rayala VDC, Kavre Rice, Lentil, Oil, Salt, Beaten Rice, Dalmoth went with Damakant 40000
30th April Rayala VDC, Kavre Rice, Lentil, Oil, Salt, Beaten Rice, Dalmoth went with Damakant 100000
30th April Sana Gaun, Lalitpur Sana Gaun, Lalitpur distribution of rice and lentil through Mukul Sharma and Prashant Lamichhane 78200
1st May Nuwakot Cash support for 50 Tarpouline  15000
2nd May Thaiba, Lalitpur Thaiba, Lalitpur distribution of rice and lentil through Mukul Sharma and Ashok Paudel, Nagariknews.com 86500
3rd May Phulping Danda VDC, ward 5 & 8, Sindhupalchowk Went with Sushil Joshi and Ajay Phuyal to the affected place. Distributed 84 sacks of rice, 10 sacks of hariyo kerau, 500 pkts. Of oil, 500 kgs. Of salt 150000
Total 609700




Support received for EQ relief 


Date
Donor Amount     Pledge
30th April Damakant Jayshi 180000 20000
30th April Shovan Dev Pant 100000
30th April Miku Verma   16000
1st May PRAN Nepal 15000
1st May Ramesh Kumar Bhattarai 20000 80000
1st May Sarojkazi Tuladhar 50000
1st May Gaurab Upadhyay 15000
2nd May Shailendra and Shova Khanal 10000 (USD 101)
3rd May Santosh Jha, Sabeen Bania Jha 50395
3rd May Software Engineer Saroj Pandey 10000
Total 375395 191000

Tuesday, November 12, 2013

निर्घिनी बन्द!

 44  11 Google +0  0  0
(0 votes)
ए! एए! समात् समात् समात् , त्यसलाई!  ठोक् ठोक्! नछोड्, नछोड्!
मुस्किलले आठ दस जना छन् राता झन्डा बोकेर बसेका। बाँसका लामा लामा लौरा बोकेका छन् र सडकमा भयावह वातावरण उत्पन्न गर्दैछन्। वानेश्वरको अन्तर्राष्ट्रिय सभागृहबाहिरको चोकको दृश्य हो यो, अघिल्लो बन्दको। करिब ३०–४० जना प्रहरी बन्दकर्ताका  भन्दा ठूला लौरा लिएर बसेका छन्, ढुङ्गा छेक्ने ढाल र जिउ जोगाउने बाक्लो स्पन्ज ज्याकेट लगाएका छन् तिनले। तिनको आडैमा करिब दुई तीन दर्जन सशस्त्र प्रहरी पनि त्यस्तै पोसाकमा अझ बन्दुकसमेत लिएर तैनाथ छन्।
बन्दको अवज्ञा गर्ने भनिएको मोटर साइकल चालक कताजाउँ वा के गरुँ भन्ने अत्यासमा पर्दापर्दै बन्दकर्ताको चंगुलमा फस्छ। उनीहरू त्यो चालकको हुर्मत लिन थाल्छन्। कोही जलाई दे न जलाई दे भन्न थाल्छन्, कोही लछार पछार पार्न थाल्छन् सो चालकलाई। मानौं, त्यो व्यक्ति केही सामान चोर्दाचोर्र्दै पक्राउ परेको हो वा उसले ती बन्दकर्ताको धन खाएर भागेको छ। ऊ दुई हात जोडेर माफी माग्छ र आफूले बन्द थाहा नपाएर मोटर साइकल चलाएको निवेदन गर्छ। अरू कुनै बेला भए देख्दै बदमास, गुन्डा र जँड्याहाजस्ता लाग्ने ती राजनीतिक कार्यकर्ता भनिने निर्दयीहरुको त्यस जत्थाका सदस्य त्यस मोटरसाइकल चालकको अगाडि पर्न पनि सक्दैन थिए होलान्, तर अहिले उनीहरू सडकका एक छत्र मालिक बनेका छन्, सर्व शक्तिमान। मोटर साइकल चालक याचनाको दृष्टिसहित लिएर प्रहरीतिर हेर्छ। निमेष अघिसम्म यस घटनालाई सिनेमाजस्तो ध्यानपूर्वक हेरिरहेका सबै प्रहरी अचानक मुन्टो अन्तै घुमाउँदछन्, मानौं पिटी खेल्दा प्रशिक्षकले अचानक 'दायँा फर्क' भनिदिएको छ । चालक अन्योलमा छ, सहाराविहीन छ। प्रहरीलाई वाकीटकीमा लगातार आदेश आइरहेको छ – स्थिति एकदमै बिग्य्रो भने मान्छेलाई धेरै कुट्न थाले भने वा मोटर साइकल जलाउन लागे भने अघि बढ्नु नभए भिड्न जानुपर्दैन।
प्रहरी र प्रशासनको सफलता कुन ठाउँमा कति कम घाइते भए वा कति कम भिडन्त भयो भनेर मापन गरुन्जेलसम्म नेपालमा जस्ता बन्द पनि सफल हुनेछन्। कुन ठाउँमा खटिएको कुन समूहले आफ्नो स्थानमा बन्द हुन दिएन, सवारी साधनमा आक्रमण गर्न दिएन, जबर्जस्ती बन्द गर्न खोज्नेलाई पक्राउ गर्‍यो भन्ने आधारमा प्रहरीको सफलताको मूल्यांकन गर्ने भइदिएको भए कसैले पनि सजिलै बन्द गर्न सक्दैन थिए। तर, कसले बन्द असफल बनाउन लाठीचार्ज गर्‍यो वा कसले कति जना प्रहरी वा बन्दकर्ता घाइते बनाएर पनि  बाटो खुलायो त्यो गणना हुँदैन। अझ गणना हुँदा पनि त्यसको नकारात्मक गणना हुने गर्छ। किनभने ठूला प्रहरी अधिकारीहरू कहिल्यै विधिको शासनप्रति अनुरक्त भएनन्। उनीहरू त ठूला दलका ठूला नेतालाई रिझाउने उपक्रममै सधैँ व्यस्त जो रहन्छन्।
कुनैपनि बन्दकर्ताले १०–२० जनाको सहयोग लिएर राजधानीका दुई, तीन ठाउँमा मोटरको ऐना फुटाए भने त्यस्तो फुटेजको तिर्सनामा छटपटाइरहेका टेलिभिजनले ती दृश्यलाई दसौं पटक दोहोर्‍याई दोहोर्‍याई देखाएर पूरै जनजीवन संत्रस्त बनाइदिन्छन्। अझ पुतलीसडकको चोकमा पाँचजना व्यक्ति मोटर रोक्ने अभीष्ट लिएर आए भने प्रहरीले तिनलाई प्रशस्त सहयोग गर्छ। पद्मोदय स्कुलदेखि उता कसैलाई जान दिंँदैन, कमलादीबाट सवारी साधन 'डाईभर्ट' गरिदिन्छ, डिल्लीबजारको ओरालोतिर आउनै दिँदैन अनि बागबजारमा बाटो बन्द गरिदिन्छ। जब प्रहरीले नै यसरी बन्दकर्तालाई सहयोग गर्छन् र संचारकर्मीले बन्दकर्ताको सित्तैमा प्रचार प्रसार गरिदिन्छन् भने किन उद्यत नहुन् त जनताको नाममा जनतालाई दुःख दिने तत्वहरू?
निर्वाचनको मौसमसँगै फेरि बजार र व्यवसाय अनि दिनचर्या बन्द हुने खबर आउन थालेका छन्। सर्वसाधारण जनता फेरी लामो समयसम्म बन्द हुने खबरले त्रस्त बन्न थालिसकेका छन् भने बन्दको बेलाका लागि खानेकुरा जोहो गरेर राख्ने प्रतिस्पर्धाले बजार भाउ फेरि बिग्रने अवस्थामा देखिन्छ। सरकार बलियो भएन भने बन्द एकपल्ट फेरि सम्पूर्ण नेपालीको जीवनयापनमा धक्का दिन दैत्याकार मुख बाउँदै अघि बढिसकेको छ।
बन्द भनेको जनताको अधिकारको खुलेआम डकैती हो। सवारी साधन चलाउन नपाउने,  व्यापारव्यवसाय खोल्न नपाउने, स्कुल, कलेज र कल कारखाना संचालन गर्न नपाउने भनी बन्देज गर्ने अधिकार कुनै पनि लोकतान्त्रिक पद्धतिले कसैलाई पनि दिएको छैन, दिनु हुँदैन। कसैले जबर्जस्ती बन्द गर्ने अनि सरकारले बन्द खुलाउन बल प्रयोग गर्दा जीउधनको क्षती भएको खण्डमा बन्दकर्तालाई दोषी देखाउनुको साँटो सरकार र प्रहरीलाई बदनाम गर्ने कोसिस गरिन्छ। हाम्रो समाजमा प्रचलित यस्तै विकृतिका कारण गलत तत्व सधै सफल हुन्छ। अनि हामी आफँै धारे हात लगाएर सरकार र राजनीतिक दलहरूलाई गाली गर्न थाल्छौँ, तिनले केही गर्न सकेनन् भनेर।
सबैभन्दा पहिले सही कामका लागि सरकारलाई जनताको समर्थन हुनुपर्‍यो। सरकारले गलत कार्य निरुत्साहित गर्नुपर्छ र त्यस क्रममा जरुरत पर्‍यो भने बल प्रयोग पनि गर्नुपर्ने हुन सक्छ भन्ने बु‰नु र मान्नु पर्‍यो। संसारको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक राष्ट्र मानिएको संयुक्त राज्य अमेरिकामा कुनै पुलिसले मोटरलाई रोक्यो भने त्यस मोटरको स्टियरिङ ह्विलबाट तबसम्म हात झिक्न वा ऐना खोल्नु हुँदैन जबसम्म प्रहरीले सो गर्ने आदेश दिदैन। प्रहरीले भनेअनुसार गरिएन भने उसले गोली चलाउन सक्छ। यस्तो बन्दोबस्तले त्यहाँको शासन अलोकतान्त्रिक भएको छैन बरु अझ लोकतान्त्रिक बन्न पुगेको छ।
विसं २०६२/६३को जनआन्दोलनमा आफूले पाएको आदेशअनुरूप दृढतापूर्वक आन्दोलनकारीलाई दबाउने प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा गरेकोमा कर्मठ र कर्तव्यपरायण मानिनु पर्नेमा आन्दोलनपश्चात् तिनलाई जागीर जोगाउनै धौ धौ पर्‍यो। आन्दोलन दबाउने आदेश दिने राजा ज्ञानेन्द्र र त्यसबेलाका मन्त्रीहरूभने खुल्लमखुल्ला घुम्ने अनि प्रहरी अधिकृतहरूलाई निसाना बनाउने जुन गलत निर्णय तत्कालीन सरकारले गर्‍यो त्यसैको उपज हो अहिलेका प्रहरीहरूको पेसागत कर्तव्यप्रतिको उदासीनता।
बन्दकर्ताले बु‰नुपर्ने कुरा के हो भने बन्द आह्वान गरेर उसले कुनैपनि प्रकारको राजनीतिक सफलता हासिल गर्दैन। बरु ऊ खलनायक बन्छ जनताको नजरमा र  जनविश्वास गुमाउँछ। यस्तो देशघाती र जनद्रोही कार्यको जनताले सडकमा आएर भत्सर्ना गर्नुपर्ने अवस्था आयो भने त्यति बेला कसैको अस्तित्व बाँकी रहँदैन। मुसाको दुलोमा गएर राजनीति गर्नुपर्ने अवस्था आउनेछ। चेतना होस्।
जनताको अधिकारको रक्षाकै लागि आफू लड्दैछु भन्ने लागेको छ भने त्यस्ता दलले आफ्नो आन्दोलन शान्तिपूर्वक ढङ्गमा गर्न पनि त सक्छन्। बन्दकै आह्वानसम्म पनि शान्तिपूर्वक गर्न सक्छन् , तर बन्द नमान्नेहरूको वाहन फुटाउने वा कसैलाई शारीरिक क्ष्ति पुर्‍याउने हो भने चाहिँ त्यसका विरुद्धमा प्रहरी र प्रशासनले शक्ति प्रयोग गर्नुपर्छ। हिंसारहित र शान्तिपुर्ण आन्दोलन नै सबैभन्दा सशक्त जनआन्दोलन हो।
अहिंसात्मक आन्दोलनका लागि अन्तर्राष्ट्रिय संस्थाका अनुसार गत शताब्दीको प्रत्येक दशकमा र ६ वटै महादेशमा अहिंसात्मक आन्दोलनले नै तानाशाही, सैनिक, अत्याचारी, दमनकारी, निरंकुश शासनलाई पछारेको छ। सन् १९७२ देखि २००५ सम्म भएका सफल जनआन्दोलनमा ६७ मध्ये ५० वटा अहिंसात्मक विद्रोह थिए जसले जनतालाई तिनको सार्वभौम शक्ति हासिल गराए।
बन्दले गर्दा गर्भिणी महिलाको बाटैमा मृत्यु, रिक्सामा बालकको जन्म, अस्पताल पुग्न नपाएर बाटैमा अन्तिम संस्कार, एअरपोर्ट जान तीन घन्टा पैदलजस्ता समाचारले बन्दकर्तालाई दानवको अवतार धारण गराउँछ। यस्तो घटना गराएर राजनीतिक लाभ लिन खोज्ने समूहमा मानवीयता, करुणा, दया, माया जस्ता मान्छेमा प्राकृतिकरूपमा हुने भाव रुखिएर जान्छ। मान्छे भएर मानवियता रहँदैन भने जनताको लागि त्याग र तपस्या गर्दैछु भनेर बन्द गराउनु खोज्नुजस्तो निर्घिनी व्यवहार अर्को हुँदैन।
- See more at: http://www.nagariknews.com/opinion/story/9717#sthash.J5bYRrLQ.dpuf

Sunday, October 27, 2013

कस्तो शासकीय पद्धति अपनाउने?

  • ९ कार्तिक, २०७०
  • प्रतीक प्रधान
  • 6 Comments
 2  14 Google +0  0  0
(0 votes)
२००७ सालको जनआन्दोलनदेखि जनताको संविधान बनाउने नेपालीको सपना अपुरो रहँदै आएको छ। राणा शासनको जग उखेलेर राजालाई संवैधानिक बनाउने सपना लिएका आन्दोलनका सारथिहरू विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९), मातृकाप्रसाद कोइराला (१९६८–२०५३), टंकप्रसाद आचार्य (१९६८–२०४८), सुवर्ण शमशेर (१९७६–२०३३) एकताबद्ध हुन नसक्दा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले बारम्बार जनताको सपना तुहाए। संविधान सभाको निर्वाचन हुन नसकेर २०१५ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो। त्यसबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई पनि २०१७ सालमा राजा महेन्द्रले अपदस्थ गरेपश्चात् नेपालमा जनताको संविधान बन्न सक्ने अवस्था क्षीण हुँदै गएको थियो।

२०६३ सालको सफल आन्दोलनपश्चात् देश गणतन्त्रमय भयो र संविधान सभाको निर्वाचन पनि भयो। २०६४ को संविधान सभाले दुई वर्षमा संविधान बनाउने अभिभारा सम्पन्न गर्न नसकेर २०६८ सालसम्म आफ्नो आयु लम्ब्यायो। तथापि संविधान बन्न सकेन। अब एकपल्ट पुनः संविधान बनाउनका लागि संविधान सभाको निर्वाचन हुन गइरहेको छ। मंसिर ४ गते हुने यो निर्वाचनको प्रमुख मुद्दाहरूमा संघीयता कस्तो विधि र प्रकारको अपनाउने, कस्तो प्रकारको शासकीय पद्धति लागु गर्ने, निर्वाचन पद्धति कस्तो बनाउने, राज्य र केन्द्रबीच स्रोतको बाँडफाँट कसरी गर्ने, सुरक्षा र न्याय व्यवस्था कस्तो अपनाउने जस्ता विषयहरू हुन्।
प्रस्तुत लेखमा शासकीय पद्धति कस्ता–कस्ता हुन सक्छन्, नेपालका मुख्य राजनीतिक दलहरूले कस्तो शासकीय पद्धतिको वकालत गरेका छन्, अन्तर्राष्ट्रिय अनुभव के कस्ता छन् भन्ने विषयमा छलफल गरेर अन्तमा नेपालका लागि कस्तो शासकीय प्रणाली उपयुक्त हुन सक्दछ भनेर निचोड निकाल्ने प्रयास गरिएको छ।
शासकीय पद्धति भनेको जनतामा निहित देशको सार्वभौम अधिकार कस्ता प्रकारका संस्थाहरू निर्माण गरेर प्रयोग गर्ने, जनताको सुरक्षा र विकासका लागि ती अवयवहरूको कसरी उपयोग गर्ने भन्ने निर्णय हो। शासकीय पद्धतिको निर्णय लिँदा राष्ट्रप्रमुख र शासकीय प्रमुखहरू कसरी निर्वाचित गर्ने, यी दुईबीचको कार्यगत सम्बन्ध कस्तो हुने तथा देशमा शक्ति सन्तुलनको अवस्था कसरी कायम गर्ने विषयमा विशेष विचार पुर्‍याउनु जरुरी हुन्छ।
अहिले विश्वमा प्रचलित शासकीय प्रणालीमध्ये राष्ट्रपतीय शासन, व्यवस्थापिकाले चुनेको प्रधानमन्त्री र यी दुवैको मिश्रित वर्णशंकर व्यवस्था छ। संयुक्त राज्य अमेरिका राष्ट्रपतीय शासनको एउटा नमुना हो भने बेलायत व्यवस्थापिकाबाट प्रधानमन्त्री चुन्ने व्यवस्थाको। बेलायतको मोडेललाई वेस्ट मिन्स्टर प्रणाली पनि भनिन्छ। वर्णशंकर व्यवस्थाको राम्रो उपयोग फ्रान्सले गरेको छ।
राष्ट्रपतीय शासन प्रणालीमा राष्ट्रपतिको निर्वाचन र व्यवस्थापिकाको निर्वाचन फरक–फरक रूपमा हुन्छ। राष्ट्रपतिको छुट्टै निर्वाचन हुने हुनाले व्यवस्थापिकाप्रति उत्तरदायी नभई सिधै ऊ जनताप्रति उत्तरदायी हुन्छ। निर्वाचित राष्ट्रपतिले आफ्नो मन्त्रिमण्डल आफैंले बनाउँछन् तर मन्त्री वा अमेरिकी भाषामा सचिव (सेक्रेटरी) व्यवस्थापिकाको सहमति लिने व्यवस्था हुन्छ। यसरी निर्वाचित राष्ट्रपति बजेट बनाउन, सरकार चलाउन र विदेश नीतिहरू लिनका लागि धेरै स्वतन्त्र हुन्छन्। आफूले चाहेको विधेयकसमेत राष्ट्रपतिले सिधै बनाएर व्यवस्थापिकामा स्वीकृतिको लागि मात्र पठाउन सक्ने व्यवस्था हुन्छ। यो व्यवस्थामा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गर्न सक्दैनन् न त प्रतिनिधि सभामा राष्ट्रपतिको दलको मत कम भयो भने उसले राष्ट्रपतिलाई निकाल्न सक्दछ। तल्लो सदनमा दुई तिहाई मतले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाएर भने राष्ट्रपतिलाई निकाल्न सक्ने प्रावधान रहेको हुन्छ।
नेपालले २०४७ को संविधानबाट अपनाएको व्यवस्था वेस्ट मिन्स्टर प्रणाली हो। यो प्रणालीमा जनताले आफ्ना प्रतिनिधि चुन्छन् र व्यवस्थापिकामा पठाउँछन्। सबैभन्दा धेरै संसद सदस्यको सहमति जुटाउन सक्ने व्यक्ति वा दलको नेता प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्रीले संसद सदस्यमध्येबाट आफ्नो मन्त्रिमण्डल बनाउँछ। तर नेपालको अन्तरिम संविधान २०६३ अनुसार मन्त्री बन्नका लागि व्यवस्थापिका संसदको सदस्य नभए पनि हुन्छ। प्रधानमन्त्री सिधै व्यवस्थापिकामा आफ्नो बहुमतको आधारमा बन्ने भएकाले अल्पमतमा पर्नासाथै राजीनामा दिने अवस्था हुन्छ। तर बहुमतमा भएको प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता आउने देखेमा वा अरू कुनै कारणले पनि प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न सक्दछन्। यस्तो व्यवस्थामा राष्ट्रपति वा राजा केवल संविधानको रक्षक र राष्ट्रप्रमुखको हैसियतमा रहन्छन् र उनी पनि संविधान अन्तर्गत रहन्छन्।
फ्रान्सको जस्तो वर्णशंकर व्यवस्थामा राष्ट्रपति छुट्टै निर्वाचनबाट जितेर आउँछन् भने प्रधानमन्त्री प्रतिनिधि सभामा बहुमत प्राप्त व्यक्ति वा दलका नेता छानिन्छन्। बहुमत प्राप्त प्रधानमन्त्रीको मुख्य काम देशको दैनिक प्रशासन चलाउने हुन्छ भने राष्ट्रपतिले आफ्नै मन्त्रिमण्डल बनाएर ऐन, कानुन बनाउने कार्य गर्दछन्। विदेश मामिला पनि राष्ट्रपतिले चलाउने व्यवस्था हुन्छ। यो व्यवस्थामा देशको प्रशासन चलाउने जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ अरू अवस्थामा राष्ट्रपतिको अधिकार धेरै हुन्छ।
अब नेपालमा कुन राजनीतिक दलले कस्तो किसिमको व्यवस्थाको वकालत गरेका छन् त्यो हेरूँ। निर्वाचनको पूर्वसन्ध्यामा सबै राजनीतिक दलले आ–आफ्नो निर्वाचन घोषणा पत्र जारी गरेका छन् जसमा आफूले अपनाउने शासकीय पद्धति उनीहरूले जनतामाझ राखेका छन्।
नेपाली कांग्रेसले आफ्नो पुरानो अडान कायम राख्दै वेस्ट मिन्स्टर प्रणाली अर्थात् प्रधानमन्त्रीय पद्धतिको वकालत गरेको छ। नेपाली कांग्रेसले निर्वाचन घोषणा पत्रमा संसदबाट निर्वाचित कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री र केन्द्रीय तथा प्रदेशका संसदबाट निर्वाचित आलंकारिक राष्ट्रपति हुनुपर्ने जिकिर गरेको छ। यसरी हेर्दा संघहरू बनेको अवस्थामा प्रादेशिक संसदले राष्ट्रपति चुन्नमा खेल्ने भूमिकाबाहेक नेपाली कांग्रेसले अहिलेकै अवस्थाको निरन्तरतामा विश्वास देखाएको छ।
एनेकपा माओवादीले भने जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुनुपर्ने कुरामा जोड दिएको छ। पहिलो संविधान सभामा प्रमुख राजनीतिक दलहरूले संसदीय प्रणाली अर्थात् संसदबाट निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा सहमति जनाइसकेको भए तापनि एनेकपा माओवादीले आफ्नो पुरानो अडान पुनः दोहोर्‍याएको छ। देशको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै चाहिने उसको विश्वास भए तापनि पहिलेको संविधान सभाको निर्वाचनमा जस्तो यसपल्ट प्रचण्ड वा अरू कसैलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा जनता समक्ष प्रस्तुन गरिएको छैन।
देशको अर्को ठूलो दल नेकपा एमाले भने मिश्रित व्यवस्थाको वकालत गर्दै छ। एमालेका अनुसार जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति हुने व्यवस्था गरिनुपर्दछ। यो व्यवस्था करिब फ्रान्सको जस्तै भए पनि एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा उठाएको छ, राष्ट्रपति प्रतिनिधि सभाबाट चुनिने भनेको छ।
वास्तवमा संसारको अनुभव हेर्दा कुनै पनि प्रणाली अत्यधिक सफल र अर्को अत्यधिक असफल हुने सम्भावना हुँदैन। कतिपय तानाशाही शासन वषर्ौं चलेको छ भने अधिकांश केही समयमै असफल भएका अन्तर्राष्ट्रिय अनुभव प्रशस्त छन्। नेपालजस्तो भर्खरै प्रजातन्त्रको जग बसाल्दै गरेको मुलुकमा कुन व्यवस्था बढी प्रभावकारी होला भन्ने विषयमा राजनीतिशास्त्रीहरूले वषर्ौंदेखि विचार र छलफल गर्दै आएका छन्। कतिपय राजनीतिज्ञहरूको भनाइमा लोकतन्त्रलाई सबल र सफल बनाउनका लागि आर्थिक अवस्था पनि एक मुख्य तत्त्व हो। सन् १९८५ को भाउमा करिब एक हजार डलर प्रतिव्यक्ति आय भएको देशमा विगतमा लोकतन्त्र बढी बाँचेको देखिएको छ भने त्योभन्दा गरिब देशमा लोकतन्त्र आए तापनि त्यो फेरि फर्केर तानाशाही व्यवस्थामै गएको देखिन्छ।
नेपालीहरूले लामो समयसम्म त्याग, तपस्या र प्राण उत्सर्ग गरेर ल्याएको लोकतन्त्र कस्तो शासकीय व्यवस्था आयो भने दिगो बनाउन सकिन्छ भनेर सोच्नु स्वाभाविक हो। राजनीतिशास्त्री होजे चेइबुबका अनुसार प्रतिव्यक्ति आय सन् १९८५ को एक हजार डलरभन्दा कम हुँदा संसदीय व्यवस्थाको उमेर करिब सात वर्षमात्र हुने तर राष्ट्रपतीय व्यवस्था करिब ११ वर्ष चल्ने देखिन्छ। तर अलिकति धनी देशहरूमा संसदीय व्यवस्था धेरै लामो र दिगो चलेको देखिन्छ। हुन त  राजनीतिमा तथ्यांकशास्त्रले मात्र काम गर्दैन। शासनमा कस्ता व्यक्तिहरू पुग्दछन् र तिनले लोकतन्त्रलाई संस्थागत गर्न कस्ता कार्य गर्दछन् त्यसले धेरै भर पर्दछ। चेइबुबले उल्लेख गरेको तथ्यांक स्यामुयल पी हन्टिगंटनले भनेको लोकतान्त्रीकरणको तेस्रो लहर (सन् १९७४ यता) पछिको दुई दशकमा मुख्यत युरोप र दक्षिण अमेरिकामा भएका परिवर्तनहरूको तथ्यांक हो। युरोपमा भएका देशहरू यसै धनी थिए र तिनको लोकतन्त्र आफ्ना छिमेकी देशको प्रभाव, शिक्षा, भौगोलिक अवस्थिति आदिका कारण दिगो भएको हो। त्यसैबखत स्वतन्त्र भएका ल्याटिन अमेरिकी देशहरू गरिब थिए, प्राकृतिक स्रोत र साधन थिएनन्, शिक्षाको विस्तार धेरै थिएन त्यसैले लोकतन्त्र टिकाउन सकेनन्। तर यही कुरालाई कुन देशमा राष्ट्रपतीय व्यवस्था थियो, प्रतिव्यक्ति आय कति थियो र व्यवस्था कति वर्ष टिक्यो भनेर हिसाब गर्दा सात वर्ष र ११ वर्षको तथ्यांक आएको हो।
शासकीय व्यवस्थाको कुरा गर्दा नेपालको प्राकृतिक सम्पदा कति छ, विकासको अवस्था कस्तो हो, राजनीतिमा मेलमिलाप र सरकार गठनमा सबैको सहभागिताको अवस्था कस्तो हुँदा राम्रो होला भन्ने विषयमा सोचिनुपर्दछ। राज्य सञ्चालनको क्रममा कति कार्यदक्षता र राजनीतिक दलहरूबीचको कटुता कस्तो अवस्थामा छ भन्ने कुरामा पनि शासकीय व्यवस्था निर्क्यौल गर्नुपर्ने हुन सक्दछ। यसरी हेर्दा नेपालका राजनीतिक दलका नेताहरूले अहिलेसम्म नैतिकता, इमान्दारी र आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको हित हेर्ने क्षमताका प्रदर्शन गर्न सकेका छैनन्।
हाम्रो देशमा हालसम्म जो व्यक्ति प्रधानमन्त्री भए अब केही वर्ष तिनै व्यक्तिले पालैपालो सत्ता चलाउने अवस्था देखिन्छ। आफू कुर्सीमा रहिरहन र देशको सम्पत्तिको लुट मच्चाउन हाम्रा नेताहरूले जस्तोसुकै निर्णय लिन पछि नहटेको धेरै उदाहरण छन्। कसैले राजाले भनेको मानेर लोकतान्त्रिक संसद विघटन गरेर राजालाई निरंकुश हुने बाटो खोलिदिए, कसैले त्रिशूली ३ ए जस्तो प्रोजेक्टलाई सम्पूर्ण सम्झौताविपरीत गएर क्षमता बढाउन स्वीकृति दिए, कसैले प्रधानमन्त्री बन्छु भन्ने लोभमा एमआरपी पासपोर्ट बनाउने सम्पूर्ण जिम्मा भारतलाई लगाउने तयारी गरिसकेका थिए भने कोही नेपालका एअरपोर्टको सुरक्षा जिम्मा भारतलाई लगाउन सहमत छन्। कसैले लडाकुको पैसा खाएर पार्टी चलाए भने कसैले ठुल्ठूला नियुक्तिसमेत विदेशीको इसारामा गरेर अनेक लाभ लिए। अब यिनै नेतामध्ये कोही राष्ट्रपति भए र यस्तै प्रकारको कुनै काम गरे भने संसदबाट तिनलाई अल्पमतमा पारेर निकाल्न पनि सकिँदैन र महाअभियोग लगाउन पनि दुई तिहाई चाहिन्छ; जुन सजिलै पुग्दैन। अर्थात् नैतिकतामा प्रश्न चिह्न लागेका व्यक्तिलाई संसदको अनुगमनमा बस्नु परेन भने जस्तोसुकै निर्णय लिन सक्ने अवस्था हुन्छ, त्यसैले राष्ट्रपतीय शासनमा जानु नेपालका लागि खतरा हुन सक्दछ।
अझ नेपालको सन्दर्भमा हेर्दा त्यस्तो दल प्रत्यक्ष राष्ट्रपतिको पक्षमा उभिएको छ जसलाई लोकतन्त्रमा विश्वास छैन र मौका पर्नेबित्तिकै जनताको एकदलीय जनवादमा हाम्फाल्न तयार छ। विश्वमा धेरै त्यस्ता उदाहरण देखिएको छ जसमा राष्ट्रपतीय शासनबाट तानाशाही व्यवस्थामा ओर्लन सजिलो देखिएको छ। इजिप्टमा दुई वर्षअघि २०११ मा भएको निर्वाचनमा मुस्लिम ब्रदरहुडका मोहम्मद मोर्सी राष्ट्रपति बने। उनले विजय प्राप्त गरेलगत्तै जनताका अधिकार खोस्न थाले र राष्ट्रपतिको विरुद्ध कुनै लेख वा समाचार लेख्न नपाइने र बोल्न नपाइने नियम लागु गरे। यदि मोर्सी प्रधानमन्त्री भइदिएका भए उनको आफ्नै दलभित्रको प्रतिद्वन्द्वीले वा बाहिरका दलले उनलाई निकाल्न सक्थे तर इजिप्टमा हजारौं मानिसको ज्यान जानेगरी जनविद्रोह गर्नुपर्‍यो। श्रीलंकामा महेन्द्र राजापाक्षेले देशको अस्तित्व रक्षा गर्ने नाममा विरोधी समूह र पत्रकारहरूलाई निमिट्यान्न गर्ने कार्य जारी राखेका छन् तर कसैले केही गर्न सक्ने अवस्था बनेको छैन।
प्रक्रियागत हिसाबले हेर्दा पनि, राष्ट्रपति एक दलको र संसद अर्को दलको पकडमा भयो भने नियम कानुन र सरकारको नीति लागु गर्न गाह्रो हुन्छ। भर्खरै अमेरिकामा राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य नीति पास नहुँदा बजेट रोकिएर झन्डै सरकार नचल्ने अवस्था आइसकेको थियो।
अहिले राजनीतिक दलहरू एक आपसमा मिल्न नसकेको, समझदारीमा एउटा प्रधानमन्त्री नियुक्त गर्न नसकेर सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनु परेको, देशको प्रशासन सुस्त र गैरजिम्मेवार ढंगले चलिरहेको देख्दा एक सशक्त शक्तिशाली राष्ट्रपतिले शासन चलाए बेस हुने थियो भन्ने धेरैको मनोभाव नभएको होइन। तर नैतिकता, इमान्दारिता र देशको लागि त्याग नभएको व्यक्ति राष्ट्रपति हुनुभन्दा त्यस्तै प्रकृतिको व्यक्ति प्रधानमन्त्री हुँदा लोकतन्त्र जोगिने, देशको हित हुने र कुनै एक व्यक्तिले जथाभावी गर्न नपाउने हुँदा नेपालको लागि अहिले संसदले चुनेको प्रधानमन्त्री नै बेस हुने देखिन्छ। जनताले सिधै चुन्ने प्रधानमन्त्री पनि करिब–करिब राष्ट्रपतिजस्तै प्रकृतिको हुने र सो व्यवस्थामा प्राविधिक कुराहरू अझ गन्जागोल हुने देखिन्छ। त्यसैले एमाले र एमाओवादीहरूले प्रस्ताव गरेका शासकीय स्वरूपभन्दा नेपालका लागि सबैले चिनेको पुरानो र भरपर्दो वेस्ट मिन्स्टर मोडेलको संसदीय व्यवस्था नै ठिक हुने देखिन्छ।

विश्वको अनुभव


संसारका १९५ देश र १४ वटा विवादास्पद क्षेत्रहरूमा कुन देशमा जनताको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता कति छ भन्ने मापन अन्तर्राष्ट्रिय संस्था फ्रिडम हाउसले गर्छ। सो संस्थाले राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताका आधारमा दुवै सूचकमा १ देखि ७ सम्मको नम्बर दिन्छ। सबैभन्दा स्वतन्त्रलाई १ र सबैभन्दा कम स्वतन्त्रलाई ७ नम्बर दिने गरिन्छ। यसअनुसार १ र २ ल्याउनेलाई स्वतन्त्र, ३ देखि ५ आउनेलाई आंशिक स्वतन्त्र र ६ तथा ७ अंकलाई गैरस्वतन्त्र भनिन्छ। यो संस्थाले संसारका सबै देशको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको मापन सन् १९७२ देखि गर्दै आएको छ।
यो लेखकले ती स्वतन्त्रता मापन गरिएका देशमा कस्तो प्रकारको शासकीय व्यवस्था छ भनेर खोजी गर्दा अचम्मको नतिजा देखा परेको छ। यो अध्ययनमा केवल संसदीय व्यवस्था भएको र राष्ट्रपतीय व्यवस्था भएका १७२ देशमा कुन कति स्वतन्त्र छ भनेर हेरिएको थियो। यसरी हेरेको अध्ययनले संसदीय प्रजातन्त्र भएको देश फ्रिडम हाउसको सूचकमा निकै अगाडि रहेको देखायो भने राष्ट्रपतीय प्रणाली भएको देश निकै पछाडि देखियो।
अध्ययन गरिएका १७२ देशमा संसदीय प्रधानमन्त्री भएका देशमध्ये ५५ स्वतन्त्र, १५ आंशिक स्वतन्त्र र चारवटा मात्र गैरस्वतन्त्र देश देखिए। तर राष्ट्रपतीय व्यवस्था भएका मध्ये ३२ मात्र पूर्ण स्वतन्त्र, ३६ वटा आंशिक स्वतन्त्र र ३० वटा गैरस्वतन्त्र देश देखिए। यो तथ्यांकले के पुष्टि गर्छ भने राष्ट्रपतीय व्यवस्था भएका देशहरूमा जनताको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता कुण्ठित हुने सम्भावना अत्यधिक हुन्छ।
- See more at: http://www.nagariknews.com/constitutional-election-2070/story/9137#sthash.sDoSqPeP.dpuf

Saturday, October 26, 2013

सेक्टरकाण्ड दोहोरिने लक्षण!

 118  38 Google +0  0  0
(0 votes)
नेपालको कम्युनिस्ट आन्दोलनमा दुईजना एमबी कमरेड प्रख्यात छन्। पहिला एमबी हुन् मोहनविक्रम सिंह। नेपाली कांग्रेसको सदस्यता लिएर आफ्नो राजनीतिक जीवन सुरु गरेका प्युठानका हुनेखाने परिवारका छोरा मोहनविक्रम सिंह कालान्तरमा गएर कम्युनिस्टका गुरु कहलिए। तर उनको राजनीति कहिल्यै सफल भएन। एक प्रकारले कम्युनिस्ट आन्दोलनको विग्रहका प्रमुख पात्र कहलिन पुगे कमरेड एमबी। पूरै जीवन भूमिगत शैलीको राजनीतिमा बिताएका कमरेड एमबीले जब अर्धभूमिगत राजनीतिमा प्रवेश गरेर आफ्नो फोटो खिचाउने र खुला पत्रकार सम्मेलनमा आउने निर्णय गरे त्यस बखत उनको फोटो र व्यक्तित्वमा कसैलाई खासै मतलब रहेन। पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईका गुरु नाममात्रका गुरु रहे काममा चेलाहरुले उनलाई उछिनेर धेरै अघि बढे। राजनीतिक पण्डितहरुका अनुसार उनको समस्याको मुख्य कारण उनमा रहेको कम्युनिस्ट जडसूत्रवाद नै हो।
पुराना कमरेड एमबी वा एमबीएसको समय समाप्त नहुँदै उनकै समूहमा उदाएका अर्का कमरेड एमबी हुन् मोहन वैद्य 'किरण'। पुराना एमबी र नयाँ एमबी पातलो मसाल र मोटो मशाल नामक  दुई दलमा विभाजित भएपछि कमरेड किरण कम्युनिस्ट आन्दोलनमा बढी चर्चामा आए। नयाँ कमरेड एमबी वा मोहन वैद्य पनि पुराना कमरेड एमबीझैँ जडसूत्रवादी कम्युनिस्ट भनेर चिनिन्छन् र त्यही विचारले उनलाई पनि इतिहासको पानामा असफल कम्युनिस्ट नेताको रुपमा सीमित नगर्ला भन्न सकिन्न।
पुराना एमबी अर्थात मोहनविक्रम सिंहको कम्युनिस्ट आन्दोनल कमजोर भएर गयो। किनभने उनको विचारमा नेपाल कहिल्यै सशस्त्र जनवादी आन्दोलनका लागि उर्वर भूमि बनेको थिएन। उता मोहन वैद्यको मशाल भने सशस्त्र क्रान्ति गर्ने मनसुबाको साथ टुक्रिएर बनेको समूह थियो। तर मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको पार्टीको पहिलो कम्युनिस्ट सशस्त्र क्रान्तिको सुरुमै गल्ती भएर उनको दल समस्यामा पर्‍यो। विसं २०४२ सालको चैत महिनामा सशस्त्र आन्दोलनको थालनीका रूपमा विभिन्न प्रहरी पोस्टमा आक्रमण गरेर र त्रिपुरेश्वर स्थित राजा त्रिभुवनको सालिकमा कालो मोसो दलेर सुरु गरेको सो आन्दोलन नराम्ररी असफल भयो। मशालका धेरै कार्यकर्ता पक्राउ परे र पार्टीले कारवाहीस्वरूप तत्कालीन महासचिव किरणलाई परिवर्तन गरेर पुष्पकमल दाहाल उर्फ कमरेड विश्वासलाई नेतृत्व सुम्पियो। तिनै कमरेड विश्वास अर्थात् कमरेड प्रचण्डको नेतृत्वले दस वर्षे सशस्त्र विद्रोह गरेर शान्ति संझौता समेत सम्पन्न गरी देशकै ठूलो राजनीतिक दल बन्यो। कमरेड किरण त्यस विद्रोह र राजनीतिक सफलताको सशक्त सदस्य भएत पनि एमबी र उनका सहयोगीलाई चित्त बुझेन। उनी र उनका सहयोगीहरू सशस्त्र विद्रोह र एकदलीय जनवादलाई नै मूल मन्त्र मानेर पुरानो समूहबाट टुक्रिए।
अहिले नेपाल कम्युनिस्ट पार्टी–माओवादीको सबैभन्दा प्रमुख समस्या निर्वाचन बिथोल्ने कार्यक्रमलाई कुन तहमा पुर्‍याउने भन्ने नै हो। अलिकति मात्र भुलचुक भएको खण्डमा फेरि सेक्टर काण्डको पुनरावृत्ति हुनेमा शंका छैन। धेरै आक्रामक भएर गएन भने माओवादीलाई कसैले नटेर्ने र उसले आह्वान गरेका बन्द र निर्वाचन बहिष्कारको कार्यक्रममा खास जनचासो नरहने डर पनि सो दलमा उत्तिकै छ। तर आन्दोलनमा आक्रामक भएर गयो भने सबैभन्दा पहिले उनको दल आपराधिक वा आतंककारी समूहमा परिणत हुने जोखिम पनि उत्तिकै छ। अहिलेसम्म निर्वाचनमा नगए पनि सडकको सशक्त प्रतिपक्षको चिनारी बनाइसकेको नेकपा–माओवादीले आफ्नो राजनीतिक चरित्र छाडेर भूमिगत गुरिल्ला समूहको परिचय बनाउन खोज्योभने उसका लागि त्यो पनि दुर्भाग्यपूर्ण हुनेछ।
मतदानको तिथि आउन २३ दिन बाँकी छँदा निर्वाचन बिथोल्ने मनसायका साथ वैद्य माओवादीले जुन प्रकारले आफ्नो गतिविधि तीव्र बनाएर गएको छ त्यसले उसलाई राजनीतिक लाभ दिनेभन्दा राजनीतिबाट पर धकेल्ने काम गर्ने लक्षण धेरै देखिन्छ। चारै राजनीतिक दलका प्रमुख नेताहरू जहाँ जहाँ जान्छन् त्यहाँको निर्वाचन स्थलमा गडबड मच्चाउने, बन्द गराउने र आमसभाहरू बिथोल्ने काममा वैद्य समूह अगाडि बढिसकेको छ। चारै राजनीतिक दलका प्रमुख नेताहरूभन्दा अहिलेसम्म उनीहरूको मुख्य तारो आफ्ना पुराना अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' रहेको देखिएको छ। दाहाल सरिक हुने भनिएको सिराहाको आमसभास्थलमा सकेट बम फेला परेको र सेनाको बम स्क्वाडले सो बमलाई निस्त्रि्कय पारेको थियो। हुनत, नेकपा (एमाले)का नेता विष्णु पौडेल तथा शंकर पोखरेल चढेका गाडीमा पनि माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन्। ताप्लेजुङमा एक उम्मेदवारसमेत घाइते हुनेगरी माओवादी र लिम्बुवानका कार्यकर्ताले आक्रमण गरेका छन्। तर यस्ता आक्रमणले के चुनाव बिथोलिएला त?
वैद्य माओवादीले विभिन्न ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेको कारण देखाइ अध्यक्ष दाहालले हेलिकप्टर चढ्न पाउने गरी निर्वाचन आयोगको आचार संहितामा समेत परिवर्तन गराइसके। भर्खरै नेपाल सरकारका गृहमन्त्रीले माओवादीहरू राजनीतिक दल होइनन् भनेर भाषणसमेत गरिसकेका छन्। यसरी गृहमन्त्रीले राजनीतिक दल होईनन् भन्नुको अर्थ उनीहरूले यस्तै क्रियाकलाप जारी राखे बलसमेत प्रयोग हुने संकेत पनि हो।
एकातिर वैद्य माओवादीले आक्रमणको सिलसिला बढाएर जाने सोच राखेको देखिएको छ भने अर्कोतिर उसलाई राजनीतिक धारबाट अलग्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास पनि बढेर गएको छ। माओवादीले सुरु गरेको निर्वाचन बिथोल्ने र प्रमुख नेतालाई अवरोध गर्ने अभ्यास बढेर गयो भने उनीहरूलाई भूमिगत राजनीति गर्नुपर्ने बाध्यता पनि बढेर जानेछ। विसं २०५२ सालमा भूमिगत राजनीति गर्न माओवादीलाई सजिलो थियो तर अहिले त्यसो नहुन सक्छ। त्यसबेला भारतको राजतन्त्रप्रतिको नकारात्मक धारणाले पनि माओवादीलाई सघाएको हुन सक्छ। तर अहिले अवस्था समान छैन। भारतमै गिरफ्तार भएर लामो समय जेलमा बिताएका कमरेड किरण भारतप्रति धेरै आशावान पक्कै नहोलान्। उत्तरी छिमेकी चीनले पनि नेपालमा स्थिरता र स्थायित्वका लागि बोली प्रखर गर्दै गइरहेको वर्तमान अवस्थामा वैद्यका अनुयायीलाई भूमिगत हुने उपाय अफाप साबित हुन पनि सक्छ।
भूमिगत हुन र राजनीतिक आन्दोलन पनि सँगसँगै लैजान प्रशस्त आर्थिक स्रोतको जरुरत हुन्छ। वैद्यलाई माऊ दलबाट छुट्टिन जुन प्रकारको आर्थिक सहयोग प्राप्त भएको अनुमान गरिएको थियो सो सहयोग अहिले प्राप्त नभएको आंकलन गरिँदै छ। त्यो सहयोग माओवादीलाई कमजोर बनाउनका लागि परिचालित भएको हो भने उस्को उद्देश्य पूरा भएपछि पुनः आउने प्रयोजन पनि रहेन। जातीय र धार्मिक मुद्दा उठाउन चाहने युरोपेली देशहरूले पनि आफ्नो सहयोग वैद्य माओवादीमार्फत् परिचालन गर्ने संभावना न्यून देखिन्छ। नेपालका व्यापारी र अन्य संस्थाबाट पनि वैद्यले पहिलेजस्तो सहयोग पाउने संभावना कम भएर गएको छ। यस्तो अवस्थामा गैरकानुनी हतियार बनाउने र तिनको दलाली गर्ने समूहहरूले मात्र वैद्य माओवादीलाई सशस्त्र विद्रोह गर्न उकास्ने र सहयोग उपलब्ध गराउने सम्भावना बाँकी रहन्छ। वैद्यले गल्ती गरेर पनि त्यस्ता समूहको सहयोग लिने निर्णय गरे भने देशको लागि ठूलो गद्दारी ठहरिनेछ। किनभने त्यस्ता समूह देशलाई गृहयुद्धको भुमरीमा ठेलेर आफ्नो हतियारका लागि अनन्तसम्म बजार बनाउने खेलमा लाग्ने गर्छन्।
कमरेड एमबीलाई पुरानो कमरेड एमबीको बाटो पछ्याउन मन छैन भने सबैभन्दा पहिले जडसूत्रवादी सोच कम गर्नुपर्ने अवस्था छ। जनवादी क्रान्ति र साम्यवाद इतिहासको पानामा सीमित भइसकेको अहिलेको विश्वमा जनताको विश्वास नजिती हतियारले सबैलाई तह लगाउन खोज्नु विश्व परिस्थिति र क्षेत्रीय अवस्थालाई बेवास्ता गर्नु हो। जनताले समर्थन गर्छन् भन्ने विश्वास छ भने शान्तिपूर्ण रूपमा जनसमर्थन लिएर देखाउन सक्नुपर्छ। वैद्यलाई जनताको समर्थन लिन कुनै सरकारी नीति, नियम र संवैधानिक अड्चन छैन। यसैले उनले हतियारको बाटो समात्नु आफँैमा तर्कसंगत र न्यायोचित देखिन्न। कतै उनको दल भित्रका शक्तिहरू उनलाई पुनः सेक्टर काण्डका दोषी नायक प्रमाणित गर्ने तरखरमा त छैनन्?
- See more at: http://www.nagariknews.com/opinion/story/9164#sthash.eN6BXM5w.dpuf