Monday, October 7, 2013

कांग्रेसका सात खराबी

 463  137 Google +0  0  1
(0 votes)
अलि दिनअघि नेपाली कांग्रेसका एक नेताको अन्तर्वार्ता लिन गएको थिएँ । मानिस एकपछि अर्को गर्दै आउँदै आ–आफ्ना समस्या सुनाउँदै थिए । कसैलाई सरुवा चाहिएको थियो, कसैलाई बढुवा । कसैलाई कुनै प्रोजेक्टमा जागिर चाहिएको थियो र कसैलाई कुनै ठेक्का । कांग्रेसका नेता बडो दानवीर कर्णझैँ सबैको कुरा सुन्दै हुन सक्ने जति धर्म त्यहीँबाट कमाइहालुँझैँ गर्दै थिए । एउटाले आएर भन्यो– ऊ शान्ति सेनामा जान पाएन रे, पठाइदिनुपर्‍यो । ती नेताले सोधे– कसलाई फोन ग¥यो भने उसको काम हुन्छ भनेर । अनि आफ्नो निजी सचिवलाई तुरुन्त फोन मिलाउन लगाएर पुलिसका डिआइजीलाई रोब झारे, त्यो हवल्दारलाई शान्ति सेनामा पठाइदिनू ।
एउटा भोजमा गएको थिएँ, एक जना भीमकाय शरीरको करिब ४० आसपासको व्यक्तिको प्रवेश भयो । त्यो भोजमा उसको वरिपरि एउटा जमात खडा भयो । अनि ऊ ठूलो राजनेताझैँ बीचमा बसेर रक्सी खाँदै सबैलाई राजनीतिक ज्ञान दिन थाल्यो । भर्खरै नेविसंघको विद्यार्थी नेताबाट नेपाली कांग्रेसको केन्द्रीय नेता हुन खोज्दै गरेको त्यो व्यक्ति भएको स्थानमा भोजमा आएका सरकारी कर्मचारीसमेत चिनिन गए, पुलिस सलाम बजार्न पुगे अनि स्थानीय कार्यकर्ता आशीर्वाद पाउँछुझैँ वरिपरि झुम्मिए । उसले कसैलाई मतलब गरेन । मानौं उसका लागि सबै आशीर्वाद थाप्न आएका भक्त हुन र साइबाबाले झँै उसले यसो हात उठाइदियो भने सबै कृतकृत्य हुन्छन् । लाग्थ्यो, त्यो भोजमा उसका कुनै मतदाता छैनन्, छन् त केवल भक्त र दासमात्रै ।

नेपाली कांग्रेस लामो राजनीतिक बलिदान गरेर स्थापित भएको राजनीतिक दल हो तर यसका नेताहरूमा न त्यागको भावना बाँकी रह्यो न राजनीतिक आस्थाको । सबैजना साम, दाम, दण्ड, भेद प्रयोग गरेर कुनै राजनीतिक पदमा पुग्न चाहन्छन् । उनीहरू आफू माथि चढ्ने लिस्नो बनाउनमै ब्यस्त छन् र आफूलाई उचालेर माथि पु¥याउन चाहनेको टाउकोमा खुट्टाले टेकेर अघि बढ्दैछन् । देशको मतलब छैन, जनताप्रतिको उत्तरदायित्व छैन । केवल सिद्धान्तको जादुयी टोपी देखाएर जनता झुक्याउन ब्यस्त छन् नेपाली कांग्रेसका नेताहरू ।

अहिलेका नेताहरू केवल विश्वेश्वरप्रसाद कोइरालाको बुद्धि र विवेकको गुनगान गाएर र गणेशमान सिंहको त्यागको उपमा दिएर बाँचिरहेका छन् । देशको राजनीति कता गइरहेको छ, लोकतन्त्रका मान्यता कसरी छिन्नभिन्न हुँदैछन् र कसरी देशको सार्वभौमसत्ता जोगाउने भन्ने विषयमा न कसैको चिन्तन छ न चिन्ता । अलोकतान्त्रिक शक्तिहरुले राष्ट्रलाई कमजोर, जनताबीच झगडा र किचलो र कर्मचारीतन्त्रलाई अति भ्रष्ट पारेर सजिलै राज्याभिषेक गर्ने अनेक षडयन्त्र गरिरहेका छन् तर कांग्रेसीजनलाई कुनै आतेस छैन, वास्ता छैन र मतलब छैन ।

नेपाली कांग्रेस शायद पुस्तैनीरूपमा गैरजिम्मेवार दल हो र राज्य संचालनका प्रणालीलाई संस्थागत गर्न चाहँदैन । यो रोग पुस्तैनी हो भन्ने कुरा स्वयं विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा बताएका हुन् । विश्वेश्वरले उही बेला भनेका हुन् पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिविम्बमात्र हुन्छन् । उनले भनेका थिए– यदि नेपाली कांग्रेस समाजको सच्चा प्रतिविम्ब हो भने यो निरोगी र स्वस्थ रहनुपर्छ । बीपीले कांग्रेका सात 'खराबी' भनेर आफ्ना कार्यकर्तालाई पत्र लेखेका थिए, जुन नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारमा छापिएको थियो । अहिलेका कांग्रेसीमा त्यही सात खराबी छन् र रूपमा फरक भए पनि सारमा बीपीले भनेजस्तै छन् ।

बीपीले भनेका थिए– क्रान्तिको सफलताले पार्टीमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वास सिर्जना ग¥यो । यदि अनवरत् काम गरेर त्यो सफलतालाई पुष्ट्याईं गरेको भए आत्मविश्वास सही हुन्थ्यो, त्यो हुन सकेन । बीपीले भनेको सो निरर्थक आत्मविश्वास नेकाको विकासमा तगारो हुन पुगेको थियो २०१५ सालमा र अहिले पनि । नेपाली कांग्रेसले वर्तमानमा झन् जनतामा जाने, गरिबको मन पेट बुझ्ने र गरिबका लागि समर्पण गर्ने कार्य गरेन ।

बीपीका अनुसार नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरू प्रत्येक प्रश्नको व्यक्तिगत दृष्टिकोणले विचार गर्छन् । अहिले पनि ठ्याक्कै त्यही समस्या छ । नेताहरुको मुख्य काम जनताले पत्याउने र चुनाव जित्न सक्ने व्यक्तिको छनौट गर्नु हो तर उनीहरू व्यक्तिगतरूपमा आफूलाई के फाइदा हुन्छ भनेर एक आपसमा झगडा गर्दै महŒवपूर्ण समय खेर फाल्दैछन् र शायद २०६४ को निर्वाचनकै परिणामको नजिक झर्दैछन् ।

तेस्रो खराबी के हो भने नेपाली कांग्रेसका नेताहरूमा जिम्मेवारीप्रति उत्तरदायित्व छैन । बीपीले भनेका थिए– त्यसले गर्दा नेताहरु जनतामा बढी भिज्दैनन् । उही बेला त त्यस्तो अवस्थामा भएका कांग्रेसीहरू अहिले झन बिगे्रका छन् । जनताले भोट हालेको त उसको सिद्धान्तलाई मात्र हो जस्तो छ ।

जनतासँगको दूरीलाई बीपीले चौथो खराबीका रूपमा चित्रण गरेका थिए जुन अद्यापि छँदैछ । माथि उदाहरण प्रस्तुत गरिएको दोस्रो नेताजस्तै आफू बीचमा बस्ने र वरिपरि घेर्न आउनेलाई मात्र आफ्नो समर्थक ठानेर बाँकीलाई वास्तै नगर्ने नेता छन् नेकामा । उनीहरूलाई आफूसँग चाकरी गर्न नआउने जनताको मन जित्न कुनै चाहै छैन ।

पाँचौ खराबी त नेपाली कांग्रेसका अहिलेका नेताहरूमा झन् प्रशस्त पाइन्छ । त्यो खराबी, बीपीकै शब्दमा, 'हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्तालाई अर्कै तहको भन्ठान्छौं ।' अहिले नेपाली कांग्रेसका नेताहरूको निवासमा केवल टाठाबाठा र पैसा आउने प्रोजेक्ट मिलाउन सक्नेहरूको मात्र हालिमुहाली छ । सच्चा, कर्तव्यनिष्ठ र सिद्धान्तपरायण कार्यकर्ता र समर्थकहरूले त नेताहरूको माया र सद्भाव पाउने कुरा टाढिँदै गएको छ ।

अध्ययनको कमी नेपाली कांग्रेसको छैटौं कमजोरी हो, विश्वेश्वरप्रसाद कोइरालाकै भनाईमा । त्यतिखेर आफ्ना कार्यकर्ता अध्ययनशील हुन भन्ने भावना राख्ने नेतालाई अहिलेका कार्यकर्ताको रूप देख्दा कस्तो पीडा हुँदो हो । अहिले त नेकालाई अध्ययन नगर्ने, कुनै पनि कुरालाई गम्भीरतापूर्वक नलिने, कुनै विषयमा आफ्नो धारणा बनाउन नसक्ने दलका रूपमा लिइन्छ । धन्न बीपी यति लामो बाँचेनन् (उनी बाँचेका भए अहिले ९९ वर्ष पुग्थे)। बीपी आफँैले भनेका थिए– पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथी आफै देखेको छु । अहिले त घोषणापत्रसम्मको ज्ञान भएका हातमा गन्न पुग्नेमात्र छन् ।

सातौं खराबी भनेको कांग्रेसजनमा नैतिकताको कमी । बीपी कहिल्यै अनैतिक राजनीतिको पक्षधर रहेनन् । राजनीतिमा नैतिकता हुन्न भन्ने विचारको बीपी विरोधी थिए । उनको भनाई थियो– नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ । सुरुमा उदाहरण दिइएको राजनेताको कमी नैतिकताको थियो । यत्रो देशको यस्तो महत्वपूर्ण दलको नेताले केवल आफ्नो सम्पर्कमा आउनेका लागि मात्र काम गर्नु भयंकर अनैतिक कार्य हो । यसले लोकतन्त्र संस्थागत हुँदैन ।

कुनै पनि सार्वजनिक स्थानमा एक अदव कायम गर्ने, अर्काप्रति सम्मान प्रकट गर्ने र सम्पूर्ण जनताको आफू सेवक हुँ भन्ने भाव नेपाली कांग्रेसका नेताहरूमा जबसम्म प्रादुर्भाव हुँदैन तबसम्म नेपालको राजनीतिमा नेपाली कांग्रेसभन्दा धेरै गलत आचरण भएका दलहरूले शक्ति र पैसाको भरमा आसन जमाइरहने छन् । नेपाली कांग्रेससँग सुध्रिनुको विकल्प छैन । यदि नेपालमा लोकतन्त्र संस्थागत गर्ने हो भने बीपीको नाम मात्र बेच्ने होइन, उनको शिक्षा पनि ग्रहण गर्नुपर्छ ।
- See more at: http://www.nagariknews.com/opinion/story/7678#sthash.GKz0US7J.dpuf

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete