सेक्टरकाण्ड दोहोरिने लक्षण!
- आइतबार १० कार्तिक, २०७०
- प्रतीक प्रधान
- 0 Comments
118 38 Google +0 0 0
नेपालको कम्युनिस्ट आन्दोलनमा दुईजना एमबी कमरेड प्रख्यात छन्। पहिला एमबी हुन् मोहनविक्रम सिंह। नेपाली कांग्रेसको सदस्यता लिएर आफ्नो राजनीतिक जीवन सुरु गरेका प्युठानका हुनेखाने परिवारका छोरा मोहनविक्रम सिंह कालान्तरमा गएर कम्युनिस्टका गुरु कहलिए। तर उनको राजनीति कहिल्यै सफल भएन। एक प्रकारले कम्युनिस्ट आन्दोलनको विग्रहका प्रमुख पात्र कहलिन पुगे कमरेड एमबी। पूरै जीवन भूमिगत शैलीको राजनीतिमा बिताएका कमरेड एमबीले जब अर्धभूमिगत राजनीतिमा प्रवेश गरेर आफ्नो फोटो खिचाउने र खुला पत्रकार सम्मेलनमा आउने निर्णय गरे त्यस बखत उनको फोटो र व्यक्तित्वमा कसैलाई खासै मतलब रहेन। पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईका गुरु नाममात्रका गुरु रहे काममा चेलाहरुले उनलाई उछिनेर धेरै अघि बढे। राजनीतिक पण्डितहरुका अनुसार उनको समस्याको मुख्य कारण उनमा रहेको कम्युनिस्ट जडसूत्रवाद नै हो।
पुराना कमरेड एमबी वा एमबीएसको समय समाप्त नहुँदै उनकै समूहमा उदाएका अर्का कमरेड एमबी हुन् मोहन वैद्य 'किरण'। पुराना एमबी र नयाँ एमबी पातलो मसाल र मोटो मशाल नामक दुई दलमा विभाजित भएपछि कमरेड किरण कम्युनिस्ट आन्दोलनमा बढी चर्चामा आए। नयाँ कमरेड एमबी वा मोहन वैद्य पनि पुराना कमरेड एमबीझैँ जडसूत्रवादी कम्युनिस्ट भनेर चिनिन्छन् र त्यही विचारले उनलाई पनि इतिहासको पानामा असफल कम्युनिस्ट नेताको रुपमा सीमित नगर्ला भन्न सकिन्न।
पुराना एमबी अर्थात मोहनविक्रम सिंहको कम्युनिस्ट आन्दोनल कमजोर भएर गयो। किनभने उनको विचारमा नेपाल कहिल्यै सशस्त्र जनवादी आन्दोलनका लागि उर्वर भूमि बनेको थिएन। उता मोहन वैद्यको मशाल भने सशस्त्र क्रान्ति गर्ने मनसुबाको साथ टुक्रिएर बनेको समूह थियो। तर मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको पार्टीको पहिलो कम्युनिस्ट सशस्त्र क्रान्तिको सुरुमै गल्ती भएर उनको दल समस्यामा पर्यो। विसं २०४२ सालको चैत महिनामा सशस्त्र आन्दोलनको थालनीका रूपमा विभिन्न प्रहरी पोस्टमा आक्रमण गरेर र त्रिपुरेश्वर स्थित राजा त्रिभुवनको सालिकमा कालो मोसो दलेर सुरु गरेको सो आन्दोलन नराम्ररी असफल भयो। मशालका धेरै कार्यकर्ता पक्राउ परे र पार्टीले कारवाहीस्वरूप तत्कालीन महासचिव किरणलाई परिवर्तन गरेर पुष्पकमल दाहाल उर्फ कमरेड विश्वासलाई नेतृत्व सुम्पियो। तिनै कमरेड विश्वास अर्थात् कमरेड प्रचण्डको नेतृत्वले दस वर्षे सशस्त्र विद्रोह गरेर शान्ति संझौता समेत सम्पन्न गरी देशकै ठूलो राजनीतिक दल बन्यो। कमरेड किरण त्यस विद्रोह र राजनीतिक सफलताको सशक्त सदस्य भएत पनि एमबी र उनका सहयोगीलाई चित्त बुझेन। उनी र उनका सहयोगीहरू सशस्त्र विद्रोह र एकदलीय जनवादलाई नै मूल मन्त्र मानेर पुरानो समूहबाट टुक्रिए।
अहिले नेपाल कम्युनिस्ट पार्टी–माओवादीको सबैभन्दा प्रमुख समस्या निर्वाचन बिथोल्ने कार्यक्रमलाई कुन तहमा पुर्याउने भन्ने नै हो। अलिकति मात्र भुलचुक भएको खण्डमा फेरि सेक्टर काण्डको पुनरावृत्ति हुनेमा शंका छैन। धेरै आक्रामक भएर गएन भने माओवादीलाई कसैले नटेर्ने र उसले आह्वान गरेका बन्द र निर्वाचन बहिष्कारको कार्यक्रममा खास जनचासो नरहने डर पनि सो दलमा उत्तिकै छ। तर आन्दोलनमा आक्रामक भएर गयो भने सबैभन्दा पहिले उनको दल आपराधिक वा आतंककारी समूहमा परिणत हुने जोखिम पनि उत्तिकै छ। अहिलेसम्म निर्वाचनमा नगए पनि सडकको सशक्त प्रतिपक्षको चिनारी बनाइसकेको नेकपा–माओवादीले आफ्नो राजनीतिक चरित्र छाडेर भूमिगत गुरिल्ला समूहको परिचय बनाउन खोज्योभने उसका लागि त्यो पनि दुर्भाग्यपूर्ण हुनेछ।
मतदानको तिथि आउन २३ दिन बाँकी छँदा निर्वाचन बिथोल्ने मनसायका साथ वैद्य माओवादीले जुन प्रकारले आफ्नो गतिविधि तीव्र बनाएर गएको छ त्यसले उसलाई राजनीतिक लाभ दिनेभन्दा राजनीतिबाट पर धकेल्ने काम गर्ने लक्षण धेरै देखिन्छ। चारै राजनीतिक दलका प्रमुख नेताहरू जहाँ जहाँ जान्छन् त्यहाँको निर्वाचन स्थलमा गडबड मच्चाउने, बन्द गराउने र आमसभाहरू बिथोल्ने काममा वैद्य समूह अगाडि बढिसकेको छ। चारै राजनीतिक दलका प्रमुख नेताहरूभन्दा अहिलेसम्म उनीहरूको मुख्य तारो आफ्ना पुराना अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' रहेको देखिएको छ। दाहाल सरिक हुने भनिएको सिराहाको आमसभास्थलमा सकेट बम फेला परेको र सेनाको बम स्क्वाडले सो बमलाई निस्त्रि्कय पारेको थियो। हुनत, नेकपा (एमाले)का नेता विष्णु पौडेल तथा शंकर पोखरेल चढेका गाडीमा पनि माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन्। ताप्लेजुङमा एक उम्मेदवारसमेत घाइते हुनेगरी माओवादी र लिम्बुवानका कार्यकर्ताले आक्रमण गरेका छन्। तर यस्ता आक्रमणले के चुनाव बिथोलिएला त?
वैद्य माओवादीले विभिन्न ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेको कारण देखाइ अध्यक्ष दाहालले हेलिकप्टर चढ्न पाउने गरी निर्वाचन आयोगको आचार संहितामा समेत परिवर्तन गराइसके। भर्खरै नेपाल सरकारका गृहमन्त्रीले माओवादीहरू राजनीतिक दल होइनन् भनेर भाषणसमेत गरिसकेका छन्। यसरी गृहमन्त्रीले राजनीतिक दल होईनन् भन्नुको अर्थ उनीहरूले यस्तै क्रियाकलाप जारी राखे बलसमेत प्रयोग हुने संकेत पनि हो।
एकातिर वैद्य माओवादीले आक्रमणको सिलसिला बढाएर जाने सोच राखेको देखिएको छ भने अर्कोतिर उसलाई राजनीतिक धारबाट अलग्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास पनि बढेर गएको छ। माओवादीले सुरु गरेको निर्वाचन बिथोल्ने र प्रमुख नेतालाई अवरोध गर्ने अभ्यास बढेर गयो भने उनीहरूलाई भूमिगत राजनीति गर्नुपर्ने बाध्यता पनि बढेर जानेछ। विसं २०५२ सालमा भूमिगत राजनीति गर्न माओवादीलाई सजिलो थियो तर अहिले त्यसो नहुन सक्छ। त्यसबेला भारतको राजतन्त्रप्रतिको नकारात्मक धारणाले पनि माओवादीलाई सघाएको हुन सक्छ। तर अहिले अवस्था समान छैन। भारतमै गिरफ्तार भएर लामो समय जेलमा बिताएका कमरेड किरण भारतप्रति धेरै आशावान पक्कै नहोलान्। उत्तरी छिमेकी चीनले पनि नेपालमा स्थिरता र स्थायित्वका लागि बोली प्रखर गर्दै गइरहेको वर्तमान अवस्थामा वैद्यका अनुयायीलाई भूमिगत हुने उपाय अफाप साबित हुन पनि सक्छ।
भूमिगत हुन र राजनीतिक आन्दोलन पनि सँगसँगै लैजान प्रशस्त आर्थिक स्रोतको जरुरत हुन्छ। वैद्यलाई माऊ दलबाट छुट्टिन जुन प्रकारको आर्थिक सहयोग प्राप्त भएको अनुमान गरिएको थियो सो सहयोग अहिले प्राप्त नभएको आंकलन गरिँदै छ। त्यो सहयोग माओवादीलाई कमजोर बनाउनका लागि परिचालित भएको हो भने उस्को उद्देश्य पूरा भएपछि पुनः आउने प्रयोजन पनि रहेन। जातीय र धार्मिक मुद्दा उठाउन चाहने युरोपेली देशहरूले पनि आफ्नो सहयोग वैद्य माओवादीमार्फत् परिचालन गर्ने संभावना न्यून देखिन्छ। नेपालका व्यापारी र अन्य संस्थाबाट पनि वैद्यले पहिलेजस्तो सहयोग पाउने संभावना कम भएर गएको छ। यस्तो अवस्थामा गैरकानुनी हतियार बनाउने र तिनको दलाली गर्ने समूहहरूले मात्र वैद्य माओवादीलाई सशस्त्र विद्रोह गर्न उकास्ने र सहयोग उपलब्ध गराउने सम्भावना बाँकी रहन्छ। वैद्यले गल्ती गरेर पनि त्यस्ता समूहको सहयोग लिने निर्णय गरे भने देशको लागि ठूलो गद्दारी ठहरिनेछ। किनभने त्यस्ता समूह देशलाई गृहयुद्धको भुमरीमा ठेलेर आफ्नो हतियारका लागि अनन्तसम्म बजार बनाउने खेलमा लाग्ने गर्छन्।
कमरेड एमबीलाई पुरानो कमरेड एमबीको बाटो पछ्याउन मन छैन भने सबैभन्दा पहिले जडसूत्रवादी सोच कम गर्नुपर्ने अवस्था छ। जनवादी क्रान्ति र साम्यवाद इतिहासको पानामा सीमित भइसकेको अहिलेको विश्वमा जनताको विश्वास नजिती हतियारले सबैलाई तह लगाउन खोज्नु विश्व परिस्थिति र क्षेत्रीय अवस्थालाई बेवास्ता गर्नु हो। जनताले समर्थन गर्छन् भन्ने विश्वास छ भने शान्तिपूर्ण रूपमा जनसमर्थन लिएर देखाउन सक्नुपर्छ। वैद्यलाई जनताको समर्थन लिन कुनै सरकारी नीति, नियम र संवैधानिक अड्चन छैन। यसैले उनले हतियारको बाटो समात्नु आफँैमा तर्कसंगत र न्यायोचित देखिन्न। कतै उनको दल भित्रका शक्तिहरू उनलाई पुनः सेक्टर काण्डका दोषी नायक प्रमाणित गर्ने तरखरमा त छैनन्?

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक